कर्णालीमा मन्त्रीहरुको टुङ्गो छिट्टै लगाउनेः मुख्यमन्त्री राजकुमार शर्मा

सुर्खेत । कर्णाली प्रदेशमा दलहरुबिच छलफल र बहस गरेर मन्त्रीहरुको टुङ्गो लगाउने मुख्यमन्त्री राजकुमार शर्माले बताएका छन् । कर्णाली प्रदेश सभामा शुक्रवार भएको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिएका छन् । विश्वासको मत लिइसके पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शर्माले छिट्टै सरकार बिस्तार गरिने बताए ।

विभिन्न सेक्टहरुसँग छलफल, बहस गरेर निति नियमको प्रक्रिया थालनी गरिने शर्माको भनाइ छ ।
उनले भने, ‘सरकारमा मुख्यमन्त्री एक्लै के जाने भनेर, दुई विनाबिभागिय मन्त्री लगेर गएको बताए । यस्तै उनले भने मन्त्रीहरुको लागि आजैबाट छलफल सुरु गरिने जानकारी दिए ।