जिप दुर्घटनामा चारैजना स्वास्थ्यकर्मीकाे मृत्यु 

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–११ रत्नरामार्गको भेरी पुल नजिकै झुप्रा खोलामा आज बिहान करिव २ बजे तिर गाडि दुर्घटनामा चारजना स्वास्थ्थकर्मीको मृत्यु छ । सुर्खेतको भेरीगंगा नगरपालिका छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको बा. प्र ०१०२६ च ९२१३ नम्बरको डबल क्याप गाडी दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएका थियो । उक्त गाडिमा सवार पाँच जना स्वास्थ्यकर्मीमध्ये चार जनाको उपचारका क्रममा मृत्यु भयो । एकजना गम्भीर घाइतेको थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

मृत्यु हुनेमा जिप चालक भैरवी गाउँपालिका हाल वीरेन्द्रनगर– ७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका– ५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका– ५ का ३१ वर्षीय वविन शाही र दैलेख गुराँस गाउँपालिका– ३ का ३६ वर्षीय राजेन्द्र बीसी छन् । दैलेख भैरवी गाउँपालिका– ५ का २५ वर्षीय वीरेन्द्रराज शाही घाइते छन् ।


उनीहरु वीरेन्द्रनगर फकिदैँ गर्दा रातको समय भएकाले हुस्सुले सडक ढाकेको थियो । गाडी चालक सागर, राजेन्द्र, दीपेन्द्र र वविन गम्भीर घाइते भए । बेहोसीमै वीरेन्द्रले प्रहरीलाई फोन गरे । बिहान करिब २ बजेतिर प्रहरीले उनीहरूको उद्धार गरी प्रदेश अस्पताल सुर्खेतमा पुराएको थियो । वीरेन्द्रराज शाही बाहेक अन्य चार जनाको उपचारका क्रममा निधन भएको हो ।

उनीहरु पाँचैजना साथि हुन् । यस्तै, दिपेन्द्रजंग शाही डुगेश्वर गाउँपालिका स्वास्थ शाखा दैलेख, बबिन शाही भगवतीमाई गाउँपालिका स्वास्थ्य शाखा दैलेखमा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैठौं), र राजेन्द्र बि.सि गुराँस गाउँपालिका स्वास्थ्य शाखा दैलेखमा जनस्वास्थ्य निरीक्षक (छैठौं) मा कार्यरत थिए । दुर्घटनापरी घाइते भैरवी गाउँपालिका स्वास्थ्य शाखा दैलेखमा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैठौं) बिरेन्द्रराज शाहि रहेका छन् ।

गाडीचालक सागर शाही सुर्खेतमा रारा मेडिसिन डिस्ट्रिब्युटर सञ्चालन गर्दै आएका थिए । उनीहरु कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले शनिबार आयोजना गरेको एचएमआईएस, भीएसआईएस, ईएलएससम्बन्धी तीन दिने समीक्षा गोष्ठीमा सहभागी भएर फकिनेक्रममा दुर्घटनामा परेका थिए ।

साथै, उनीहरु शनिबार नेकपा एमालेनिकट स्वास्थ्यकर्मीहरूको प्रदेशस्तरीय बैठकमा सहभागी हुन पनि १० जिल्लाका स्वास्थ्यकर्मी सुर्खेतमा भेला भएका थिए । राति अबेरसम्म छिन्चुमा खानपिन गरेर करिब १ बजेतिर पाँचै जना वीरेन्द्रनगरतर्फ फर्किंदै थिए ।