मानव अधिकार एलाइन्सको प्रथम प्रदेश अधिवेशन सम्पन्न, प्रदेश अध्यक्षमा शाही

सुर्खेत ।  राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च (मानव अधिकार) एलाइन्स कर्णाली प्रदेशको अध्यक्षमा नविन कुमार शाही चयन भएका छन् ।

आज प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजिम मञ्चको प्रथम अधिवेशनबाट शाहीको नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति चयन गरिएको हो । यस्तै उपाध्यक्ष राधा मल्ल र प्रेम बुढा, सचिव खिम बहादुर रेग्मी, सहसचिव अकबर खान र करविर चदारा, कोषाध्यक्ष सुनिता पुन रहेकी छन् ।

अधिवेशनको उद्घाटन गर्दै नेकपा एमालेका स्थायी कमिटि सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेलले राज्यबाट हुने मानव अधिकार उलंघनका घटनामा कमी आएपनि समाजबाट हुने त्यस्ता घटनामा कमी आउन नसकेको भन्दै सामाजिक विभेद र उत्पिडन बिरुद्ध सशक्त आवाज उठाउनुपर्नेमा जोड दिए ।

समुन्नत एवं समृद्ध समाज निर्माणका लागि जातिय एवं सामाजिक विभेदको अन्त्य हुनुपर्ने बताउँदै कंडेलले त्यसको अन्त्यका लागि लाग्न एलाइन्सलाई सुझाव दिनुभयो । नेकपा एमालेका पोलिटब्यूरो सदस्य पार्वत गुरुङले मानव अधिकारको पवद्र्धनका लागि एमाले पार्टी प्रतिबद्ध रहेको बताए ।

एलाइन्सका केन्द्रीय अध्यक्ष मिनबहादुर शाहीले मानव अधिकारको रक्षा, समाजिक न्याय र समृद्ध समाज निर्माणका लागि सबै स्थानीय तहमा एलायन्सका शाखा गठन गरिने जानकारी दिए । एलाइन्सका केन्द्रीय सचिव एवं कर्णाली प्रदेश इन्चार्ज टिकाराम आचार्यको अध्यक्षमा प्रथमसम्मलेन सम्पन्न भएको हो ।