सुर्खेत । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी अब ठूलो पार्टी बन्न नसकने जिकिर गरेको छन् । प्रचण्डले गठबन्धन टुटाए भने चरम अवसरवादी हुने बताएका छन् ।
मंगलबार प्रेस चौतारी दैलेखले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले सत्ता गठबन्धन टुटाउन एमाले अघि नबढ्ने धारणा राखेका छन् ।
उनले भने, एमालेका कारणले गठबन्धन टुट्दैन्, यस्ता हर्कत एमालेले गर्न सक्दैन् । ‘अस्थिर राजनीतीले हामी कसैलाई फाईदा हुन् सक्दैन् । तर, नेकपा माओवादी केन्द्रमा अस्थिरता रहेको देखिएको छ ।’
उनले भने, राष्ट्रपतिका लागि स्थायित्व हुन् जरुरी रहेको बताएका छन् । यस्तै, भट्टराईले सत्ता गठबन्धनका उम्मेदवारबाटै राष्ट्रपतिको उम्मेदवार बन्ने र कांग्रेसले समर्थन कुरा नैतिक रुपमा पनि नमिल्ने धारणा व्यक्त गरेका छन्।
ए.के. सञ्चार । ९ फाल्गुन २०७९, मंगलवार १२:०८