सुर्खेत । वीरेन्द्रनगर नगरपालिका नगरप्रमुख माेहनमाया ढकालले उपयुक्त समय र स्थानबाट सही सूचना प्रवाह नगर्दा भ्रामक सूचनाले स्थान ओगट्न सक्ने भन्दै पत्रकारले सूचनाका सम्बन्धित व्यक्ति तथा संस्थाले उचित समयमा सही सूचना प्रवाह गर्नुपर्नेमा जोड दिएकी छन् ।
आइतबार प्रेस चाैतारी नेपाल जिल्ला समिति सुर्खेतले आयाेजना गरेकाे जिल्ला स्तरीय भेलामा नगरप्रमुख ढकालले सही सूचना प्रवाह गर्नमा कुनै कञ्जुस्याइँ नगरेर सूचना सम्प्रेषण गर्न आग्रह गरिन् ।
समाजमा सहि सूचना सम्प्रेषण नहुँदा भ्रमपूर्ण सूचना फैलन सक्ने भन्दै उनले सूचना प्रवाहमा कञ्जुस्याइँ नगरेर सरोकारवालाको ध्यानाकर्षण गर्नुपर्ने बताइन् ।
सही सूचना जिम्मेवार व्यक्तिले सही ढङ्गबाट प्रवाह गर्न नसक्दा सूचनाको मर्ममाथि प्रहार हुने र त्यस्ता सूचनाले जनमानसमा ठूलो भ्रम सिर्जना गर्ने उनकाे भनाइ छ ।
यस्तै, प्रेस चाैतारी नेपाल जिल्ला समिति सुर्खेतका अध्यक्ष गाेविन्द खत्रीले नेपाल पत्रकार महासंघले गैरपत्रकारहरुलाई प्रश्रय दिएर वास्तविक श्रमजीवी पत्रकारलाई उपेक्षित गर्दै आइरहेको बताए ।
ए.के. सञ्चार । १७ असार २०८१, आईतवार ०९:२३