किर्डाक नेपालको २७ औँ वार्षिकोत्सव सम्पन्न



कालीकोट। कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपालले आफ्नो २७ औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ ।

वार्षिकोत्सवको अवसरमा वीरेन्द्रनगर, सुर्खेतमा आयोजित “प्रोग्रेस सेयरिङ एण्ड रिभ्यु” कार्यक्रममा सामाजिक न्याय, महिला सशक्तीकरण, मानव अधिकार तथा समावेशी विकासका क्षेत्रमा संस्थाले हासिल गरेका उपलब्धिहरूको समीक्षा गरिएको छ ।

कार्यक्रममा किर्डाक नेपालका अध्यक्ष पदाधिकारी, कर्मचारी, साझेदार संस्था, विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, सञ्चारकर्मी तथा सामाजिक अभियन्ताहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले विगत २७ वर्षदेखि दुर्गम तथा पछाडि पारिएका समुदायको अधिकार, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिकाको सशक्तीकरण र सामाजिक न्यायका क्षेत्रमा किर्डाकले खेलेको योगदानको प्रशंसा गरेका थिए ।

संस्थाका अध्यक्ष सम्झना मल्लले किर्डाक नेपालले २७ वर्षको यात्रामा सामाजिक न्याय, मानव अधिकार संरक्षण, विपद् व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन, महिला तथा बाल अधिकार प्रवर्धन लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको सबैसामु घामजस्तै प्रस्ट रहेको बताए ।

प्रकाशित मिति : २०८३ असार ८ गते सोमबार