भूमिहीन सुकुमबासीको चेतावनीः वैकल्पिक व्यवस्था नभएसम्म नहट्ने



सुर्खेत । सुर्खेतका भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरू आन्दोलनमा उत्रिएका छन्। वैकल्पिक व्यवस्थाबिनै आफूहरूलाई हटाउन लागिएको भन्दै विरोधमा उत्रिएका हुन् ।

शुक्रबार दिउँसो १२ बजेतिर वीरेन्द्रनगरको मंगलगढी चोकबाट उनीहरूले र्‍यालीसहित बजार परिक्रमा गरे । त्यस क्रममा उनीहरूको भनाइ थियो( उचित व्यवस्थापन भएमा हामी आफै सरकारलाई सहयोग गर्न तयार छौँ ।

तर बलजफती रूपमा हटाउन खोजिए प्रतिरोध गरिने उनीहरूको भनाइ छ।

 

प्रकाशित मिति : २०८३ वैशाख २५ गते शुक्रबार