सुर्खेतपछि दैलेखमा पनि ‘इकोज क्याफे’ सञ्चालन



सुर्खेत । दैलेखमा आधुनिक तथा गुणस्तरीय क्याफेको आवश्यकता देखेर ‘इकोज क्याफे’ले आफ्नो शाखा विस्तार गरेको छ। सुर्खेतको वीरेन्द्रनगर–८ मा सञ्चालन हुँदै आएको इकोज क्याफेले आजदेखि दैलेख बजारमा पनि आफ्नो सेवा सुरु गरेको हो।

क्याफेका सञ्चालक सुभाष विक्रम शाहीका अनुसार विदेशमा गएर रोजगारी वा व्यवसाय गर्नुभन्दा आफ्नै देशमा केही नयाँ र राम्रो कामको सुरुवात गर्ने सोचले नेपालमै व्यवसाय सञ्चालन गरिएको हो।

दैलेखमा आधुनिक शैलीको क्याफेको आवश्यकता महसुस भएपछि शाखा विस्तार गरिएको शाहीले बताए। स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने, युवालाई व्यवसाय तथा उद्यमशीलताप्रति आकर्षित गर्ने र स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउने उद्देश्य रहेको उनको भनाइ छ।

उनले भने,`आफ्नै ठाउँमा अवसर सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिनु हाम्रो मुख्य उद्देश्य हो।`

इकोज क्याफेले ग्राहकलाई सहज र गुणस्तरीय सेवा दिने लक्ष्यसहित विभिन्न प्रकारका खाना तथा खाजाका परिकार उपलब्ध गराउने जनाएको छ। दैलेखमा नयाँ शाखा सञ्चालनसँगै स्थानीय ग्राहकका साथै जिल्ला भित्रिने पर्यटकलाई समेत लक्षित गरेर सेवा प्रदान गरिने सञ्चालक शाहीले बताए।

सुर्खेतमा सेवा दिइरहेको व्यवसायलाई दैलेखसम्म विस्तार गरेर स्थानीय स्तरमै लगानी र रोजगारीको वातावरण बनाउन खोजिएको सञ्चालकको भनाइ छ।

प्रकाशित मिति : २०८३ भदौ १ गते सोमबार