सुर्खेत । कर्णाली प्रदेशसभाकाे बैठक भाेलीसम्मका लागि स्थगित भएकाे छ । मुख्यमन्त्रीले विश्वासकाे मत लिने आजकाे बाेलाइएकाे थियाे । बैठकमा मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासकाे मतका लागि प्रस्ताव पेस गरेका छन् ।
बैठक सुरू लगतै सभामुख राजबहादुर शाहीले संसद आह्वानका लागि प्रदेश प्रमुखले पठाएकाे पत्र बाचन गरेर सुनाएका थिए ।” त्यस लगतै सरकारमा मन्त्रालयकाे जिम्मेवार हेरफेर सम्बन्धी पत्र सुनाएर मुख्यमन्त्रीलाई विश्वासकाे मत माग्ने समय दिए ।
मुख्यमन्त्रीले विश्वासकाे मतकाे लागि प्रस्ताव पेस गरेलगतै बैठक स्थगित गरिएकाे हाे । बैठक भाेली दिउसाे १ बजे बाेलाइएकाे छ ।
ए.के. सञ्चार । १४ मंसिर २०७८, मंगलवार १५:०९