डोल्पा । नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत कर्णालीमा दुई जिल्लामा नेतृत्वको टुङ्गो लागेको छ । सल्यान र हिमाली जिल्ला डोल्पामा शनिबार बेलुका सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।
एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाहका अनुसार सल्यान जिल्लाको अध्यक्षमा गोविन्द कुमार पुन र डोल्पाको अध्यक्षमा शेरबहादुर बुढा चयन भएका छन् । बुढा यसअघि नेकपा एमाले प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सचिवालय सदस्य थिए ।
साथै उनी एमालेको तर्फबाट जिल्ला समन्वय समिति डोल्पाको प्रमुख समेत छन् । यस्तै उपाध्यक्षमा विश्वचन्द्र डसाल,सचिवमा लंक बहादुर रोकाया, उपसचिवमा धावासम्डुक गुरुङ र सुनराम बुढा (सुमन) निर्विरोध निर्वाचित भएका छन् ।
ए.के. सञ्चार । २५ पुष २०७८, आईतवार १७:११