शनीहल लाईनबाट लागु औषध सहित एक जना पक्राउ

सुर्खेत । सुर्खेतमा लागु औषध (ब्राउनसुगर) सहित एक जना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ स्थित शनीहल लाईनमा रहेको एस.के. मोबाइल मर्मत केन्द्रबाट ब्राउनसुगरको कारोबार गरेको गोप्य सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

मोबाइल मर्मत केन्द्रबाट लागु औषध (ब्राउनसुगर) को कारोवार गरेको आरोपमा सुर्खेत प्रहरीले सञ्चालकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर-९ का २७ वर्षीय सुनिल खत्री छन् ।

खत्रीलाई शंकाष्पद रुपमा गतिविधि गरेको र शरिर तथा मोबाईल पसल खानतलासी गर्दा सामसुङ कम्पनीको कालो रंगको चार्जरको पछाडी क्याप भित्र लुकाएर राखेको अवस्थामा ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

कार्यालकाअनुसार खत्रीले लुकाएको सात पुडिया लागू औषध ९ब्राउनसुगर० जस्तो देखिने धुलो पदार्थ १४० मिलिग्राम फेला परेको छ । खत्रीलाई सोही ठाउँमा जरुरी पक्राउ पूर्जी दिई पक्राउ गरेर थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखिएको छ ।