२०८२ कात्तिक १५ , शनिबार

कर्णाली सरकारले आज र भोली साँझ दिप प्रज्ववलन गर्ने




सुर्खेत । कर्णाली प्रदेश सरकारले स्थापना दिवस औपचारिक रुपमा नमनाउने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले स्थापना दिवस औपचारिक रुपमा नमनाउने भएको हो ।

विगतका वर्षहरुमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने गरिएकोमा यो वर्ष दिप प्रज्वलन मात्रै गरिने मुख्यमन्त्री जीवनबहादुर शाहीका प्रमुख स्वकीय सचिव राज रोकायाले बताए । आज साँझ र भोली साँझ दिप प्रज्ववलन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०७८ फागुन ३ गते मंगलबार