काठमाण्डाै । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि नयाँ आवेदन भाेलि मङ्गलवार देखि बन्द हुने भएको छ ।
यातायात व्यवस्था विभागले आज साेमवार सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन बन्द गरेको जानकारी गराएको छ । अहिलेसम्म परेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले अनलाइन आवेदन बन्द गर्न लागेको विभागले जनाएको छ ।
लाइसेन्सका लागि आवेदन धेरै परेकाले यस बेला अनलाइन आवेदन दिनेहरूलाई दुई वर्ष पछिसम्मको कार्यालय भिजिट समय प्राप्त हुने गरेको छ ।
ए.के. सञ्चार । ३० फाल्गुन २०७८, सोमबार २२:५८