काठमाडौं । अक्सिजन सिलिन्डर लिन नेपाल वायुसेवा निगमको वाइड बडी जहाज आज बिहान साढे सात बजे ओमान उडेको छ । गैर आवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त गरिएको ६ सय थान अक्सिजन सिलिन्डर लिन निगमको वाइड बडी जहाज ओमानको मस्कटको लागि उडेको हो ।
जहाज बेलुकी ६ बजेर ४० मिनेटमा काठमाण्डौ आइपुग्नेछ । ओमानबाट फर्किएको जहाज आज राति नै चीनको राजधानी बेइजिङ जानेछ । र त्यहाँ संकलित चार सय थान अक्सिजन कन्सन्ट्रेटर, चार सय थान सिलिन्डर र अन्य चिकित्सा सामाग्री लिन जहाज बेइजिङ जान लागेको हो । अत्यावश्यक मेडिकल सामग्री लिन केही दिन लगातार बेइजिङ जाने तयारी गरिरहेको निगमले जनाएको छ ।
त्यसैगिर आज सात वटा अन्तर्राष्ट्रिय कार्गो उडान तथा अवतरण हुँदैछन् । नेपाल वायु सेवा निगम, हिमालय एअरलाइन्स र एअर चाइनाले उडान र अवतरण गर्दैछन् ।
ए.के. सञ्चार । १ जेष्ठ २०७८, शनिबार १२:३७