सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा मुख्य दलबाट मेयर र उपमेयरका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।
मेयरमा नेकपा एमालेबाट मोहनमाया ढकाल र उपमेयरमा नीलकण्ठ खनालले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कांग्रेसबाट उपेन्द्र खड्काले मेयरमा उम्मेदवारी दर्ता गराए भने उपमेयरमा रामकुमारी थापाले मनोनयन दर्ता गराएकी छन् ।
यस्तै, नेकपा माओवादी केन्द्रबाट मेयरमा राजेन्द्र गिरीले उम्मेदवारी दर्ता गराउँदा उपमेयरमा शान्ति ढकालले उम्मेदवारी दर्ता गराएका हुन ।
यस्तै, नेकपा एस समाजवादीबाट मेयरमा धना जिसी शाहीले उम्मेदवारी दर्ता गरे भने उपमेयरमा थिर बहादुर रावतले उम्मेदवारी दर्ता गरे ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मेयरमा मुकुन्द श्याम गिरीले आफ्नो उम्मेदवारी दर्ता गराए भने उपमेयरमा अन्जु बस्यालले दर्ता गराए ।
ए.के. सञ्चार । १२ बैशाख २०७९, सोमबार १७:२१