काठमाडौं ।दाङको बबई गाउँपालिकामा बाढीले बगाउँदा किशोरीको मृत्यु भएको छ ।बबई–४ स्थित हस्तनापुरको चाईकेरे चोकदेखि पुर्व तिरको चिरामा आएको बाढीले बगाउँदा १५ वर्षीया सन्ध्या परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय हापुरे जनाएको छ ।
बाढीले बगाउँदा गम्भीर घाइते भएकी उनलाई अस्पताल लगिएको थियो । तर उनको ज्यान गएको छ । उनी हापुरे मावि पदमपुरमा कक्षा १० मा अध्ययनरत थिइन् ।
ए.के. सञ्चार । २० बैशाख २०७९, मंगलवार ०९:०३