हालको तरलता संकटलाई अवसरमा परिणत गर्नुपर्छ –विष्णु अग्रवाल

काठमाडौं । हालको तरलता संकटलाई अवसरमा परिणत गर्नुपर्ने नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले बताएका छन् ।सन् १९९१–९२ मा भारतले पनि यस्तै खालको तरलता संकटको समस्या भागेको भन्दै उनले त्यही संकटलाई भारतले अवसरमा परिणत गरेको बताए । भारतले त्यति बेलाको संकटलाई अवसरमा रुपान्तरण गरेजस्तै हामीले पनि अवसरमा परिणत गर्नु पर्ने उनको भनाई छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको कार्यक्रममा उनले भारतले त्यति बेला भागेको समस्यापछि गरेको सुधारले भारतलाई आजको अवस्थामा ल्याएको जिकिर गरेका छन् ।

उनले यस्तो खालको समस्या भोगेर सुधार गरेपछि भारतमा एफडीआई बढ्नुका साथै औद्योगिकरणलाई बढावा दिएको बताए । भारतले गरेजस्तो हाम्रो हालको समस्यालाई अवसर रुपान्तरण गर्न सक्नुपर्ने उनको भनाई छ । त्यसका लागि नेपालको आफ्नो क्षमतालाई प्रयोग गर्नु पर्ने उल्लेख गरेका छन् । उनले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) उर्जा क्षेत्रलगायत देशको आफ्नो क्षमता भएका क्षेत्रमा सुधार आवश्यक रहेको बताएका छन् ।