ज्येष्ठ नागरिक मासिक भत्ता मासिक ४ हजार रुपैयाँ

काठमाडौँ । ज्येष्ठ नागरिकको मासिक भत्ता मासिक ४ हजार रुपैयाँ भएको छ । सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढेको हो ।

आर्थिक बर्ष २०७८÷०७९ को आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि गरेको बताएका छन ।

सामाजिक सुरक्षा भत्ताको लागि १ खर्ब बजेट विनियोजन भएको उनले बताए ।