सुर्खेत । कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले बिहीबार राति १२ बजेदेखि लागू हुने गरि नवौं अधिवेशनको अन्त्य गरेका हुन् । संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशनको अन्त्य गरिएको हो ।
बुधबार मुख्यमन्त्री जीवनबहादुर शाहीले अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए । नवौं अधिवेशनमा जम्मा १७ वटा बैठक बसेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
ए.के. सञ्चार । २२ बैशाख २०७९, बिहीबार ०९:५५