सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–३ को वडाध्यक्षका उम्मेदवाहरुको मत बराबर आएपछि परिणाम घोषणा हुन सकेको छैन ।
काँग्रेसबाट उम्मेदवार चन्द्रबिर रावत र एमालेबाट उम्मेदवार बलबहादुर रोकायले बराबर मत पाएका छन् । वडा नम्बर ३ को अन्तिम मत परिणामअनुसार उनीहरुले ६७३/६७३ मत ल्याएका छन् ।
गोलाप्रथाबाट टुंगो लगाउन खोजिएपनि उम्मेदवारहरुबीच सहमति नभएकोले रोकिएको पञ्चपुरी नगरपालिकाका निर्वाचन अधिकृत नविनकुमार भट्टले बताए।
उहाँहरुले आधा–आधा कार्यकाल गर्ने कुरा गरेका छन् । त्यो कुरा कानुनमा नभएको भट्टले बताए । उनीहरुले आफैं आयोगमा कुरा बताएका छन् । आफुहरुले पनि परामर्श गर्ने भट्टले जानकारी दिए ।
ए.के. सञ्चार । २ जेष्ठ २०७९, सोमबार ११:२२