पाल्पा । लगातारको वर्षाका कारण पाल्पाका ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रहरु डुबानमा परेका छन् ।
कालीगण्डकी नदीमा पानीको बहाव उच्च हुँदा धार्मिक तथा पर्यटकीय क्षेत्र रुरु धाममा रहेका दर्जन बढी बस्ती डुबानमा परेका छन भने प्रेमको प्रतिक र नेपालको ताजमहलको रुपमा परिचित रानीमहल क्षेत्र समेत डुबानमा परेको छ ।
अविरल बर्षासंगै सिदार्थ राजमार्ग अन्तरगत पाल्पा बुटवल सडक को गौडेपल नजिकैको सडक नै बगाएको राजमार्ग बिहानै बाट ठप्प बनेको पाल्पा प्रहरी बताएको छ ।
ए.के. सञ्चार । २ असार २०७८, बुधबार २०:१०