दुवै मर्गाैला फेल भएका जुम्लाका खत्री भन्छन्र, बाँच्ने आश छ तर, पैसा छैन

दुवै मिर्गौलो फेल भएपछि जुम्लाका ३० वर्षीय मानबहादुर खत्री आर्थिक अभावले छट्पटाइरहेका छन् ।

जुम्ला । दुवै मिर्गौलो फेल भएपछि जुम्लाका ३० वर्षीय मानबहादुर खत्री आर्थिक अभावले छट्पटाइरहेका छन् । आर्थिक सहयोग पाए बाँच्ने उनको आशा छ ।

तातोपानी गाउँपालिका- २ निवासी उनी उपचार खर्च जुटाउन नसकेपछि घरमै बस्न बाध्य भएका छन् । ३० वर्षकै कलिलो उम्मेरमा दुवै मिर्गौलो फेल भएका खत्रीले सहयोग पाए उपचार गरेर पुनर्जन्म पाउन सकिने बताए । उनले भने, ‘घरको आर्थिक अवस्था कमजोर छ । दुवै मृगौला प्रत्यारोपणका लागि लाखौँ रकम आवश्यक पर्ने डाक्टरले भनेका छन् ।

सबै सहयोगी मनहरूलाई सहयोग गर्न अपिल गर्छु । मेरो घरमा छ वर्षीय छोरा र श्रीमती मात्रै मेरा साहारा छन् । बाँच्ने इच्चा छ ।’ स्थानीय रामबहादुर रावलले आर्थिक अभावले खत्रीलाई अस्पताल लान नसकिएको र घरमै राख्नुपरेको पीडा व्यक्त गरे । सकेको आर्थिक सहयोग गरेर बचाउन चाहनेले आफ्नै मोबाइल नम्बर ९७४९८४१३२४ मा सम्पर्क गर्न खत्रीको अनुरोध छ ।

उनले सांग्रिला डेभलपमेन्ट बैँक जुम्ला शाखामा रहेको आफ्नो खाता नम्बर ०२८०१२००३०७७२७०००००१ मा रकम जम्मा गर्न सकिने पनि बताए । बिरामी भएपछि उनी नेपालका विभिन्न अस्पताल र भारतका केही अस्पतालमा उपचारका लागि गएका थिए ।

सो क्रममा दुवै मिर्गौलो काम नगर्ने भएको अवस्थामा पुगेको चिकित्सकले भनेपछि उनी गत चैतमा घर फर्किएका थिए । आर्थिक अभावकै कारण उपचार गराउन नसकेपछि घरमै थलिएका छन् ।