कालिकोटको समन्वय प्रमुख, उपप्रमुखमा माओवादीका उम्मेदवार विजयी

कालिकोट । कालिकोट जिल्ला समन्वय समितिमा नेकपा (माओवादी केन्द्र ) कर्णाली प्रदेशका सचिव धनजित शाही (आदर्श) निर्वाचित भएका छन् । उप-प्रमुखमा नेकपा (माओवादी केन्द्र) कै मिना रावत(विश्वकर्मा ) निर्वाचित भएकी छन् । 

सदस्यहरुमा नेकपा (माओवादी केन्द्र) का अजय बहादुर बम,वीर बहादुर रावत,अप्सरा कुमाल,सुर्जा कुमारी रोकाया(फडेरा) निर्वाचित भएकी छन् । नेपाली काँग्रेसका धन बहादुर शाही र काली बहादुर नेपाली तथा नेकपा एकीकृत समाजवादीका धनसरा विष्ट निर्वाचित भएकी छन् ।

समन्वय समितिको निर्वाचनमा कालिकोटमा नेकपा (माओवादी केन्द्र ), नेपाली काङ्ग्रेस र एकीकृत समाजवादीले गठबन्धन गरेका थिए । गठबन्धनका उम्मेदवार शाहीले १५ मत ल्याएर विजयी भए भने शाहीका प्रतिद्वन्द्वी नेकपा एमालेका तुलाराज मल्लले २ मत ल्याए ।