पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय २१ जनामा नयाँ कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय २१ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलका अनुसार बुधबार १२ हजार ४ सय १४ जनामा कोरोना परीक्षण भएको छ ।

उनले २४ घण्टामा कोरोना संक्रमणबाट थप ५२ जना र छुटेको २९ जना गरी कूल ८१ जनाको मृत्यु भएको बताए । त्यस्तै ३ हजार ५ सय ५८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।