सुर्खेतमा कमल थापा, प्रदेश संरचनाको कुनै औचित्य नभएको दाबी

सुर्खेत । संघीयताको वर्तमान स्वरुप परिवर्तन गर्नुपर्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाको भनाई छ । उनले प्रदेश सरकारलाई खारेज गर्दै स्थानीय तहलाई बलियो बनाउँनु पर्ने जिकिर गरेका छन् । आज पार्टीको अन्तक्रिया कार्यक्रममा सहभागी हुँन सुर्खेत आएका अध्यक्ष थापाले वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै वर्तमान अवस्थाको संघीयता सही नभएको बताएका हुन् । उनले प्रदेश संरचनाको कुनै औचित्य नभएको दाबी गरेका छन् । उनले संघीयताको वर्तमान स्वरूप परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गरेका छन् ।

प्रदेश संरचना खर्चिलो भएकाले यस्को कुनै औचित्य नभएको उनको भनाई छ । बाह्य शक्तिको प्रभाव र धर्म परिवर्तनको डढेलोले सिंगो देशनै संकटमा पर्ने अध्यक्ष थापाले दाबी गरे । नेपालमा करोडौं लगानी गरेर धर्म परिवर्तन गर्ने काम भइरहको अध्यक्ष थापाले बताए । लाखौँको दरले धर्म परिवर्तन हुँदा पनि सरकारले ध्यान नदिएको उनको भनाई छ । थापाले राजसंस्था पुर्नस्थापना हुन नसक्ने भएकाले जनभावनाको सम्मान गर्दै लोकतन्त्रको बाटोमा हिँडेको बताए ।