पहिलो पटक कर्णाली प्रदेशमा सर्वाधिक रक्तदान कार्यक्रमको आयोजना

सुर्खेत ।पहिलो पटक कर्णाली प्रदेशमा सर्वाधिक रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । रगत आपूर्तिको बढ्दो मागलाई सहज व्यवस्थापन गर्नका लागि गठीत नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतले प्रदेशमै सबैभन्दा बढी रक्तदान गरेको हो । ५६ औं राष्ट्रिय रक्तसञ्चार दिवसको अवसरमा सुर्खेत उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा समाजका केन्द्रिय अध्यक्ष एवं नेपालका सर्वाधिक रक्तदाता प्रेमसागर कर्मचार्यको उपस्थितिमा ९१ पिन्ट रगत संकलन गरिएको छ ।

कुनैपनि बिरामीका लागि सहज रगत प्राप्त होस भन्नका लागि समाजको शाखा गठनसँगै सुर्खेत जिल्लाभन्दा बाहिरबाट उपचारका लागि वीरेन्द्रनगर आउने बिरामीहरुलाई सहजरुपमा रगतको आवश्यकता पूर्ति गर्नमा सबैको हातेमालो गरिदिन अध्यक्ष शाक्यले अग्रह गरेका छन् ।

रगतको अभावलाई परिपूर्ति गर्न एव सहजतरिकाले रगत उपलब्ध गराउनका लागि समाजको शाखा गठन गरिएकोमा नेपालका सर्वाधिक रक्तदाता कर्मचार्यले १७१ ‌औं पटक सुर्खेत रक्तदान गरेको संघका अध्यक्ष लक्ष्मण कँडेलले बताए । कर्णाली प्रदेशका सर्वाधिक रक्तदाता प्रवाशकुमार शाक्यले ७५, महिलातर्फ कृति शाक्य गुभाजू र ज्योती पौडेलले १९–१९ औं रक्तदान गरेको बताए ।