अमेरिकामा कोरोनाका कारण ६ लाख १५ हजारको मृत्यु


एजेन्सी । अमेरिकामा कोरोना भाइरसका कारण ६ लाख १५ हजार ७ सय मानिसको मृत्यु भएको छ ।

अमेरिकामा पछिल्लो महिना यता सङ्क्रमित र मृत्यु् हुने दरमा उल्लेख्य कमि आइरहेको छ ।

अमेरिकामा ३ करोड ४३ लाख ५२ हजार मानिस सङ्क्रमित भएका छन् भने २ करोड ८५ लाख मानिसहरु उपचार पछि निको भएका छन् ।

हाल अमेरिकामा ५१ लख ५७ हजार मानिसहरु सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरु मध्ये ४ हजार ३ सयको अवस्था गम्भिर रहेको छ ।