पहिरोले कर्णाली करिडोर अवरुद्ध

कालिकोट । सान्नित्रिवेणी गाउँपालिका वार्ड न १ भौरेकुना नजिक माथि बाट आएको सुख्खा पहिरोले कर्णाली करिडोर अवरुद्ध भएको छ ।

 

विहिबार विहान ८ बजे देखी आएको सुख्खा पहिरो अहिले पनि निरन्तर आइरहेको हुदा कर्णाली करिडोरमा आवत जावत गर्ने साना तथा मालबाहक गाडी आवत जावत गर्ने बन्द भएको छ ।

 

लुसा गाउँको पश्चिम तिर बाट झरेको सुख्खा पहिरोले कर्णाली करिडोर लाई अबरुद्ध पारेको हो ।