सामाज परिवर्तन गर्न युवालाई सक्षम बनाउन आवश्यक ः मन्त्री बुढाक्षेत्री

सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले समाज परिवर्तन गर्नका लागि युवालाई सक्षम बनाउर्ने बताएका छन् ।

उनले शुक्रबार सामाजिक विकास मन्त्रालयले आयोजना गरेको सामाजिक जागरण, रुपान्तरण समृद्धिका लागि युवा परिचालन सम्बन्धी कार्यक्रममा यस्तो बताएका हुन् ।

‘समाज परिवर्तनका लागि युवाहरु सक्षम बनाउन आवश्यक छ, युवा समाज परिवर्तनका संवाहक हुन्,’मन्त्री बुढाले भने, ‘कर्णालीमा रहेका युवाहरुलाई सामाजिक, आर्थिक र खेलकुदमा सक्षम बनाउने खालका कार्यक्रमहरु सामाजिक विकास मन्त्रालयले ल्याउने छ ।’

मन्त्री बुढाक्षेत्रीले जबसम्म युवाहरु समृद्ध हुन्नन् तबसम्म ‘समृद्ध कर्णाली र सुखारी कर्णाली बासी’ को नारा सफल नहुने भन्दै सरकारले ल्याएका विभिन्न नीति तथा कार्यक्रमहरुमा युवाहरुलाई पनि समेट्ने बताए ।

यस्तै सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले युवाहरुलाई आत्मनिर्भर बनाउई परिचालन गर्न सके कर्णालीको विकासमा थप टेवा पुग्ने बताए ।
कार्यक्रममा कर्णालीका विभिन्न जिल्लाहरुबाट युवाहरुको सहभागिता रहेको थियो ।