नेपालमा आज थप २ हजार २९९ जना कोरोना संक्रमित थपिए

नेपालमा आज थप २ हजार २९९ जना कोरोना संक्रमित थपिएका छन् । आज कुल १० हजार ५९६ जनाको नमुना परीक्षण गरिएको थियो। हालसम्म कोरोना संक्रमण पुष्टि भएर निको भएकाहरूको संख्या ६ लाख ३ हजार ६ सय पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३ हजार ४५१ जना निको भएका छन्। निको हुनेको दर ९४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै थप ३४ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। यो समेत गरि हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १ सय ७९ पुगेको छ।