साउने सोमवारमा व्रत्तालु महिलाहरुको पुजाआरधना (फोटो फिचर)

सुर्खेत । आज यस वर्षको साउन महिनाको पहिलो सोमवार । हिन्दू महिलाले शिवको पूजा आराधना गरी मनाउँदै छन् । साउने सोमवारका दिन शिवालयहरुमा भक्तजनको भीड लाग्ने गरेको छ ।

साउने सोमवारको व्रत बसी शिवजीको पूजा आरधना गरे मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । साउनको पहिलो सोमवार दर्शनार्थी सुर्खेतका बिभिन्न ठाउँमा रहेका शिव मन्दिरहरुमा पूजा आरधना गरिरहेका छन् ।

साउन महिनामा महिलाहरुले हरियो, पहेँलो चुरा पोते लगाउने गरेका छन् । पछिल्लो समय किशोरीहरुले पनि हरियो चुरा लगाउने गरेका छन् ।

साउने सोमवारमा व्रत्तालु महिलाहरुको पुजाआरधना