सुनको भाउ फेरि उकालो लाग्यो

काठमाण्डौ । सुनको भाउ आज पनि बढेको छ । हिजो तोलामा २ सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि ४ सय रुपैयाँले बढेको हो ।

सुन आज तोलामा ९३ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ भने आज पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।