दुुई महिनादेखि बन्द सवारीसाधन सञ्चालनमा

धनगढी । कैलालीमा लामो दुरीका सवारीसाधन पनि चलाउन पाइने भएको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण झण्डै साढे दुुई महिनादेखि बन्द अवस्थामा रहेका लामो दुरीका सवारीसाधन चलाउन पाइने भएको हो ।

मंगलबार कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आदेश जारी गर्दै जनस्वास्थ्यका मापदण्डको पूर्ण रुपमा पालना गरेर जिल्लामा लामो तथा छोटो दुरीका सवारीसाधन सञ्चालन गर्न सकिने जानकारी दिएका छन् ।