साउने संक्रान्तिमा कर्णालीमा सार्वजनिक बिदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा पर्वकाे अवसरमा साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश मन्त्रिपरिषद्को निर्णयका आधारमा प्रदेशका १० वटै जिल्लामा साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा हुने जनाएको छ ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश स्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सुचना