सुर्खेतमा साउन १५ गतेसम्म निषेधाज्ञा थप


सुर्खेत । सुर्खेतमा निषेधाज्ञा थपिएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बिहीबार (हिजो) जारी गरेको विज्ञप्तिमा साउन १५ गतेसम्म निषेधाज्ञा थपिएको छ ।

गएको वैशाख १४ गतेदेखि जारी निषेधाज्ञा सुर्खेतमा अझै हटेको छैन । पछिल्लो थपिएको निषेधाज्ञा आउँदो साउन १५ गतेसम्म थपेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

निषेधाज्ञा खुले पनि किराना पसल भने बिहान ९ बजेदेखि बेलूकी ६ बजेसम्म मात्रै खोल्न पाइनेछ । यस्तै फलफूल र दुग्धजन्य पदार्थ भएका पसल भने बिहान ६ बजेदेखि बेलूकी ६ बजेसम्म खोल्ने पाइने प्रमुख जिल्ला अधिकारी रिजालले जारी गरेको आदेशमा उल्लेख छ ।