६ जना फरार अभियुक्त पक्राउ

सुर्खेत । सुर्खेत जिल्ला अदालतले फैसला सुनाएका तर फरार रहेका ६ जना अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला कार्यन्वयन गर्ने क्रममा लामो समयदेखि फरार रहेका उनीहरुलाई सुर्खेतबाट पक्राउ गरेको हो ।

अदालतले ठगी मुद्दामा ६ महिना कैद र ६ हजार जरिवान तोकेकाद्वय वीरेन्द्रनगर–५ का ५५ वर्षीय पुर्ण बहादुर सार्की, र दाङ घर भइ हाल वीरेन्द्रनगर–११ बस्ने ५३ वर्षीय दामे दमाइ रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

उनकाअनुसार लिखित बईज्जती मुद्दामा तीन हजार जरिवना तोकिएका वीरेन्द्रनगर–३ का ४५ वर्षीय जैशरा बोहरा, जालसाजीमा एक सय जरिवना तोकिएका वीरेन्द्रनगर १० का २७ वर्षीय कुमार गुरुङ, सोही ठाउँका क्रमश २६ वर्षीय सुमन गुरुङ र ५५ वर्षीय विष्णुमाया गुरुङ छन् ।

विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रवक्ता घर्तीको भनाई छ । पक्राउ परेको उनीहरुलाई अदालतमा उपस्थिति गराइएको प्रहरीले जनाएको छ ।