युवाहरुले दुव्र्यसनीमा होइन, उद्यममा जोड दिनुपर्छ : मन्त्री बुढाक्षेत्री


सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञ बहादुर बुढाक्षेत्रीले युवाहरु लागूऔषधको दुव्र्यसनीमा फस्नु भन्दा उद्यममा जोड दिनुपर्ने बताएका छन् ।
बुधबार विश्व हेपाटाइटिस दिवसको अवसरमा रिकभरिङ नेपालको ज्ञापन पत्र बुझ्दै उनले यस्तो बताएका हुन् ।

‘पछिल्लो समयमा युवाहरु लागूऔषधको दुव्र्यसनीमा फसेको देखिन्छ । यसले समाजलाई क्षति पु¥याउँछ । हरेक दृष्टिकोणले पछि परेको कर्णाली जस्तो प्रदेशका युवाहरु अब दुव्र्यसनीमा होइन उद्यममा लाग्न जरुरी छ,’उनले भने, ‘त्यसका लागि प्रदेश सरकार र सामाजिक विकास मन्त्रालय आवश्यक सहयोग र समन्वय गर्न तयार छ ।’
उनले केही गछौं भनेर योजनासहित आएका युवाहरुलाई सरकारले आवश्यक सहयोग समेत गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

भाइरल हेपाटाइटिससँग बाँचिरहेका र अत्यन्त जोखिम समुदायहरुका स्वास्थ्य र उपचारको अधिकार सुनिश्चित गर्न सामाजिक विकास मन्त्रालय कुनै कसर बाँकी नराख्ने मन्त्री बुढाक्षत्रीले बताए ।

रिकभरिङ नेपाल पुर्व लागूऔष प्रयोगकर्ताहरु तथा उपचार तथा क्षती न्यूनिकरण सेवादायी संस्थाहरुको सञ्जाल भएकोले पनि युवा लक्षित कार्यक्रमको समन्वय गर्न आफुहरु तयार भएको महासंघका कर्णाली प्रदेश अध्यक्ष अध्यक्ष ललित भट्टराईले बताए ।

महासंघले विश्वभर ११ करोड भन्दा बढी व्यक्तिले इन्जेक्सन मार्फत लागूऔषध सेवन गर्ने कुरा अनुमान गरिएकोले त्यी मध्ये झण्डै आधामा हेपाटाइटिस ‘सी’ हुनसक्ने भएकोले यसमा सरोकारवालाले समयमा नै ध्यान पु¥याउन नसके ठुलो समस्या निम्तिन सक्ने जनाएको छ ।