भारतमा ४३ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि, ६४१ जनाको मृत्यु

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ सय ४१ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख २२ हजार ६९५ पुगेको छ ।

यस्तै, वाल्ड्रो मिन्टरको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४३ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  कोरोना संक्रमितको कुल संख्या ३ करोड १५ लाख २६ हजार ६२२ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३८ हजार ७३२ कोरोना संक्रमित निको भएका छन् । यो सँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या ३ करोड ६ लाख ९४ हजार १ सय २२ पुगेको छ ।