सुर्खेतमा साउन २२ गतेसम्म निषेधाज्ञा थपियो

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निषेधाज्ञामा कडाइ गर्न थालिएको छ । कोरोना संक्रमितको सक्रिय संख्या पाँच सय बढी नाघेपछि स्थानीय प्रशासनले निषेधाज्ञालाई थप कडाइ गर्न लागेको हो ।

जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्दै गएपछि निगरानी बढाउँदै पसल खोल्ने समय तय गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

उनकाअनुसार कोरोना महामारीको भहावह रोक्न निषेधाज्ञाको मोडालिटीमा केही कडाइ गरिएको हो । तर वीरेन्द्रनगरमा खाद्यन्न लगायतका अन्य पसलहरु भने आज (आइतबार) देखि विहान ९ बजेबाट साँझ ६ बजेसम्म पसल खोल्ने निर्णय गरिएको छ ।

औषधी तथा औषधीजन्य पसल, पेट्रोल पम्प २४ घण्टा र तरकारी, फफुल तथा दुधजन्य पसलहरु दैनिक विहान ६ देखि साँझ ६ बजेसम्म खोल्न सकिने स्थानीय प्रशासनद्वारा जारी आदेशमा उल्लेख छ । यसो त निधेषज्ञा सुर्खेतमा साउन २२ गते रातीसम्म जारी गरिएको छ ।