एस्ट्राजेनेका खोप शनिवार र आइतवार काठमाण्डौ ल्याइने

काठमाण्डौ । जापान सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये ८ लाख डोज खोप पर्सि शनिवार र आइतवार काठमाण्डौ ल्याइने भएको छ ।

आज र भोलि जापानबाट ती खोप ढुवानी हुने काठमाण्डौमा रहेको जापानी दूतावासले जनाएको छ ।  दुई दिनमा ८ लाख डाेज खोप आउने खोप शाखा प्रमुख झलक शर्मा गौतमले बताए ।