परीक्षा दिने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने निर्णय

काठमाडौं । सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ ।

संयुक्त विद्यार्थी संगठनले कोरोना महामारीका बेला परीक्षार्थीलाई अनिवार्य रुपमा खोपको व्यवस्थापन गर्न दवाव दिँदै आएको बेला सरकारले यस्तो निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रवेशपत्रका आधारमा परीक्षार्थीलाई खोप दिने निर्णय गरेको खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।