अवरुद्ध रत्न राजमार्ग एकतर्फी खुल्याे

सुर्खेत । गएरातीदेखि परेको वर्षासँगै गएको पहिरोले अवरुद्ध सडक एकतर्फी खुलेको छ । रत्न राजमार्गको छिन्चु–बबई खण्डको हर्रेमा झण्डै चार घण्टापछि एकतर्फी यातायात सुचारु गरिएको हो । सडकमा झरेकोे पहिरो पन्छाएपछि सडकमा रोकिएका सवारीहरु एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए ।

सडकमा धेरै सवारीमा जाम लागेपछि एकतर्फी सडक खुलाएर गाडीहरु गन्तव्य पठाइरहेका छौं,’ प्रवक्ता घर्तीले नेपालीरैबारसँग भने, ‘विहानै देखि रोकीएका सवारी पठाएपछि बाँकी सडकमा रहेको पहिरो पन्छाउने काम शुरु गरिनेछ ।’