एक हप्तापछि हुम्लामा इन्टरनेट सेवा

सिमकोट । हुम्लाको अदानचुली गाउँपालिकामा एक हप्तादेखि अवरुद्ध रहेको इन्टरनेट सेवा सुरु भएको छ । टावर मर्मतका लागी वर्ल्ड लिंक कम्युनिकेसनले मर्मत कार्य सम्पन्न गरेपछि सेवा सुचारु भएको हो ।

गाउँपालिका अध्यक्ष दल बहादुर फडेराले एक हप्तापछि इन्टरनेट सेवा सुचारु भएको बताए ।  इन्टरनेट सेवा नहुँदा मर्कामा परेका सेवाग्राहीलाई राहत भएको छ । छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिकाको सोरुकोटमा रहेको वर्ल्ड लिंकको टावरमा खराबी आउँदा  हप्ता दिनदेखि इन्टरनेट अवरुद्ध भएकोमा उक्त  मर्मत गर्दा सेवा सुचारु भएको हो ।

इन्टरनेट सेवा सुचारु भएसँगै यस क्षेत्रका बैंक तथा वित्तिय संस्था, स्वास्थ्य संस्था, सामुदायिक विद्यालय, गाउँपालिका र प्रत्येक वडा कार्यालयमा काम सुरु भएको छ ।