२४ घण्टामा १ हजार ६७७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमणबाट २१ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय ७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार ७२ जनामा कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७२ हजार १८२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८५ हजार ७१३ जना पुगेको छ । संक्रमितमध्ये ७ लाख ३१ हजार जना निको भएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा २१ जनाको कोरोनाबाट निधन हुँदा मृतकको कुल संख्या मंगलबारसम्म १० हजार ८७९ पुगेको छ ।