संघीय संसदको दुवै सदनको अधिवेशन आजदेखि सुरु हुँदै  

काठमाण्डाै । संघीय संसदको दुवै सदनको अधिवेशन आजदेखि सुरु हुँदैछ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसाे ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकि छन् ।

बैठकमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेश लगायत कार्यसूचीमा रहेका छन् । सरकारले संसदको अधिवेशनमा बजेट विस्थापन गर्न विधेयक ल्याउने सम्भावना छ ।

प्रतिनिधिसभाको आजको  कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने र बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने भनिएको छ ।