२४ घण्टामा १ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाकाे मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ हजार ८ सय ४५ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९ सय ४४ जनामा परीक्षण गर्दा १ हजार २ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७४ हजार ५ सय ८७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८६ हजार २ सय १९ जना पुगेको छ । यस्तै संक्रमितमध्ये ७ लाख ३५ हजार ६ जना निको भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकको कुल संख्या १० हजार ९ सय ३ पुगेको मन्त्रालयले जनाएको छ ।