थप ११ हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५३२ पीसीआर परीक्षणमा १ हजार १४९ जना र ४ हजार ७ एन्टिजेन परीक्षणमा ३७ जना गरी १ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार २६० रहेको छ र संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ ।

हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ । जसमध्ये २४ हजार ९५८ जना होम आइसोलेसनमा र १६७२ जना संस्थागत आइसोलेसनमा छन् ।