सुर्खेतमा रेडपाण्डाको छालासहित चार जना पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगरको मानसरोवर होटलमा छाला लुकाएर राखेको विशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रास्कोट नगरपालिका–८ कालिकोटका २८ वर्षीय मनबहादुर बुढा, ठाँटीकाध गाउँपालिका–६ दैलेखका ३३ को विष्णु रावत, नारायण नगरपालिका–१० दैलेखकाद्वव २१ पुर्ण बबहादुर बस्नेत र २५ वर्षीय नरेन्द्र थापा रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरीले यसबारे थप जानकारी आज दिउँसो पत्रकार सम्मेलनमार्फत जानकारी दिने जनाएको छ ।