अरिङ्गालको टोकाइबाट एक जनाको मुत्यु

दैलेख । दैलेखको ठाँटीकाँध​मा अरिङ्गालको टोकाइबाट एक जनाको मुत्यु भएको छ ।

ठाँटीकाँध ५ बुढागाउँका ४८ वर्षीय देवबहादुर शाहीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको स्थानीय सूर्य बहादुर शाहीले जानकारी दिए ।

बिहीबार स्कुलमा छोराको सर्टिफिकेट लिन जाने क्रममा कालो अरिङ्गालले टोक्दा देवबहादुर घाइते भएका थिए ।

समाजसेवी समेत रहेका शाहीले स्कुल जाने बाटोमा अरिङ्गालको गोलो देखेपछि धपाउने प्रयास गरेका थिए ।

सोही क्रममा गम्भीर घाइते भएका शाहीलाई क्षेत्रीय अस्पताल सुर्खेतमा आइसीयुमा राखेर उपचार गरिएको थियो ।

उपचारकै क्रममा शुक्रबार राति ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दैलेखले जनाएको छ ।