कर्णालीका मुख्यमन्त्री र पर्यटन मन्त्रीलाई ४० केजीको मालाले सम्मान

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री र पर्यटन मन्त्रीलाई डोल्पामा ४० केजीको मालाले सम्मान गरिएको छ ।

 

शनिवार (आज) डोल्पाको जगदुल्ला गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनमा पुगेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र जगदुल्ला गाउँपालिका अध्यक्ष नारासिंह रोकायालाई जनताले ४० केजीका फुलको माला लगाएर सम्मान गरेका हुन् ।